राजबिराज । मधेश प्रदेश सरकारका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादबले सामुदायिक बिधालयको शिक्षामा सुधार ल्याउन बालशिक्षा कार्यक्रम ल्याएर बिधार्थीहरूको आकर्षण बढाउने बताए ।
आईतवार सप्तरीका प्रतिष्ठित गैरसरकारी संस्था मध्ये सेभद सप्तरीले २४ औ साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रमको उदघाटन सत्रमा सो कुरा बताएको हो । उनले भने मधेश प्रदेश जिल्लाको शिक्षाको अबस्था जर्जर रहेकोले शिक्षाको अबस्थामा सुधार ल्याउने बालशिक्षा कार्यक्रम योजना प्रदेश सरकारले ल्याएको बताउनु भयो । मन्त्री यादबले प्रदेश सरकारले शिक्षा नीति चाडै प्रस्तुत गरी शिक्षा एेन बनाई सुमदाय बिधालयमा देखिएका बिकृती, समस्या सामाधान गर्ने प्रतिबधता गरे ।
जनमतको नेता समेत रहेका यादबले मधेश प्रदेश जिल्लालाई साक्षर बनाउने लक्ष्य रहेको बताउदै यस तर्फ सरकार गम्भीर रहेको र सिमान्तकृत बालवालिकाहरूलाई बिधालयमा ल्याउने कार्यक्रम ल्याउने बताए । समुदाय बिधालयमा शिक्षा सुधार र ब्यबस्थित गर्न प्रदेश सरकारले बालशिक्षा कार्यक्रम ल्याएको बताउदै यस कार्यक्रम मार्फत बालवालिकाहरूको आक्रषण बढने बताए।
उनले भने सेभद सप्तरीले शिक्षा, स्वास्थ, कृषीमा समुदायको बिकास र ब्यवहारमा परिवर्तन सँगै आय आर्जनमा सुधार ल्याउनका लागि सेभद सप्तरीले निरन्तर रूपमा समाजलाई समृद्वि,बिकसित बनाउन भुमिका खेलेको भन्दै प्रशंसा गर्नु भयो।
मधेश प्रदेश सभा सदस्य तथा अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिँहले सेभद सप्तरीको माध्यमवाट बालवालिकाको शिक्षण सिकाई तथा बिधालयको भौतिक पुर्वाधार र गरिव, बिपन्न, महिलाहरूको आयआर्जन र आत्मनिर्भर बनाउन पुर्याएको योगदानको प्रशंसा गरे । सेभद सप्तरीका अध्यक्ष ध्रुव देवले सेभद सप्तरीले शिक्षा, स्वास्थ, जिविकोपार्जन, किसोरकिसोरी बिकास कार्यक्रम संचालन गर्दै आएको बताए ।
उनले भने सेभद चिल्ड्रेन र सेभद सप्तरीको साझेदारीमा जिल्लाको तिलाठीकोईलाडी गाउपालिका र बिष्णुपुर गाउपालिका, छिन्मस्ता गाउपालिका, राजबिराज नगरपालिकामा बाल बिकास केन्द्र निर्माण, शिक्षकशिक्षिकाहरूलाई शिक्षणसिकाई क्रियाकलापका लागि क्षमता बिकास तालिम, स्वास्थ चौकीहरूमा सामग्री बितरण, स्वास्थकर्मिहरूको क्षमता बिकास, किसोरकिसोरी क्षमता बिकास, नेतृत्व बिकास, बालभिते पत्रकारिता, बालअधिकार सुरक्षित मातृतब सम्बन्धी कार्यक्रम गर्दै आएको बताए ।
उनले भने स्थानिय तहले बाटो, सडक, भवन निर्माणलाई मात्र बिकास बुझेकोले बालवालिकाहहरूको स्वास्थ, शिक्षालाई प्राथमिकतामा नराख्दाँ प्रभावकारी उपलब्धी हासिल गर्न चुनौती रहेकोले बालवालिकाको बिकासलाई जनप्रतिनिधिहरूले कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी किरण थापा सेभद सप्तरी, सेभद मधेश, सेभद राष्ट्र जोगाउन र बचाउने नारा बढाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी तिलाठी गाउपालिका अध्यक्ष अरूण मण्डल, उपाध्यक्ष फुलकुमारी साह, सप्तरी प्रहरी उपरिक्षक नरेन्द्र कार्किले सेभद सप्तरीले समुदायको बिकासको लागि गरेको योगदानको प्रशंसा गर्दै समुदायको शिक्षामा सुधार ल्याउन भुमिका खेल्नुपर्नेमा जोड दिए ।
गैसस महासँघ सप्तरीका अध्यक्ष दिपक झाले सेभद सप्तरीले बालवालिकाहरूको सिकाई उपलब्धी, पठनपाठनमा सुधार, समुदायको क्षमता बिकास, वालवालिकाहरूको पठाईमा सुधार र घरमा सिकाईको वातावरण निर्माणमा गरेको भुमिका बारेमा चर्चा गरेका थिए । कोशी पिडित समाजका निर्देशक देव नारायण यादबले सेभद सप्तरीले समाज र समुदाय तथा राष्ट्र हितका लागी पुरयाएको योगदानको प्रशंसा गर्दै बालवालिकाहरूलाई गुणस्तरिय शिक्षामा पहुच बढाउनुपर्नेमा जोड दिएका छन ।
उक्त अबसरमा कमलेश्वरी कृषक समुह सल्लाहाकार अरूण साहले सेभद सप्तरीले जिविकोपार्जन गर्नका लागी धानको माथि पोलि ब्याज मार्फत बाढीको समयमा पनि समस्या नहुने गरी तरकारी खेती सुरू गरेको बताए । संस्थाले राजबिराज स्थित डिलक्स होटलमा एक कार्यक्रम बिच २४ औ बर्ष पूरा गरी २५ औ बर्षमा प्रवेष गर्दै आफनो स्थापना दिवस मनाएको हो । कार्यक्रममा सेभद सप्तरीले आव ०७९/८० मा ६ करोड ७२ लाख २४ हजार ९७ रूपैया बराबरको आयब्यय सार्वजनिक गरेका छन ।
सेभद चिल्ड्रेनको सहयोगमा सुमन्नती९ स्पोन्सरसिप० कार्यक्रम अन्तर्गत मातृ तथा नवजात शिशु कार्यक्रम, बालबिकास कार्यक्रम, आधारभुत शिक्षा कार्यक्रम र बिधालय स्वास्थ पोषण कार्यक्रम, किसोर किसोरी बिकास कार्यक्रम, यौन तथा प्रजनन स्वास्थ कार्यक्रम र जिविकोपार्जन कार्यक्रम अन्तर्गतका थुप्रै क्रियाकलापहरू संचालन गर्दै आएको सेभद सप्तरी सचिव नरेन्द्र यादबले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |