काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कारको आरोप लागेको छ ।
आइतबार उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको थियो । त्यसपछि पीडित पक्षलाई महानगरीय प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो ।
महिला सेलले पीडित पक्षको निवेदनमा रित नपुगेको कारणले फर्काइ दिएको यियो। आज सोमवार पीडितले पुन रित पुर्याएर निवेदन दिने बताइएको छ । यदी रित पुगेर निवेदन आएमा क्रिकेटर शेखमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
यसअघि क्रिकेटर सन्दिपमाथि पनि एक नावालिकाले बलात्कार आरोप लगाएकी थिइन् । सन्दिपविरुद्धको मुद्धामा अझै अनुसन्धान जारी छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |