राजविराज । हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तिजकाे अबसर पारेर सबल नेपालका महिला दिदीबहिनीहरूले दर खाने कार्यक्रम गरी मनाईएकाे छ।
बुधवार राजबिराज स्थित सबल नेपालकाे केन्द्रीय कार्यलयमा दर खाने कार्यक्रमकाे अायाेजना गरि मनाईएकाे हाे।
सबल नेपालका अध्यक्ष जुना गिरीकाे अध्यक्षकाे अध्यक्षतामा सबल नेपालका पदाधिकारी तथा महिला कर्मचारीहरूकाे सहभागितामा धुमधामका साथ दर खाई नाचगान सहित मनाेरन्जन गरेका छन।
अध्यक्ष गिरीले हरितालिका तिजको ब्रतअघि मीठा–मीठा परिकार बनाएर दर खाने प्रचलन रहिआएकोले दरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरेकाे बताईन।
धार्मिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा युवतीले राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेकाे अध्यक्ष जुनाकाे भनाई छ।
तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगानसहित मनोरञ्जन गर्ने गरिन्छ ।
यस पालि दर खाने दिन भदाै ३१ गते रहेकाे छ भने असाेज १ गते हरितालिका तिज परेकाे छ।
तिज पर्वलाई नेपाली नारी दिवसको रुपमा सदियौ देखि मनाउन थालिएको हो । तर आज भोली तिज पर्व मौलिक संस्कृति, परम्परा र रितीरिवाज भित्रको भन्दा अली फरक बन्दै गएको छ । उत्ताउला गीत संगित सहितको महंगा-महंगा पहिहन र गरगहनाको प्रदर्शन बन्दै गएको छ ।
साे अवसरमा सबल नेपालका निर्देशक दिपक झा, संस्थापक सदस्य अायुष श्रेष्ठ, परमेश्वर झा, असाेक साह, पत्रकार चन्दन यादब लगायत पदाधिकारी तथा कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |