राजविराज । भाद्र २९ गते शुक्रबारका दिन ‘निनिया रानी’ बोलको मैथिली लोरी गीत सार्वजनिक भएको छ । यो गीत बेजोड युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीति भिडियोमा मैथिली, नेपाली र हिन्दी सङ्गीत जगतका ख्याति प्राप्त सङ्गीतकार एवं गायक प्रवेश मल्लिकको सङ्गीत, मैथिली भाषा–सङ्गीतका चर्चित गीतकार विद्यानन्द बेदर्दीको शब्द र मैथिली सङ्गीत क्षेत्रका प्रसिद्ध गायिका नेहा प्रियदर्शनीको स्वर रहेको छ ।
उक्त म्यूजिक भिडियोमा यूट्यबमा मिथिला-काकी को रूपमा परिचित रहेकी कलाकार टेस्सा प्रियदर्शनी, बालकलाकारहरू आध्या सिंह र धैवत बैरोलियाको अभिनय रहेको छ ।
यस भिडियोलाई राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित मैथिली र भोजपुरी भाषाका लोकप्रिय निर्देशक नितिन नीरा चन्द्रले निर्देशन, बलिउड अभिनेत्री नीतु चन्द्र, नितिन नीरा चन्द्र र शशांक गुप्ताले निर्माण गरेका छन् ।
यस्तै ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन निर्देशक चन्द्र, डायरेक्सन ऑफ फोटोग्राफी कुन्दन आर्याले गरेका छन् भने म्यूजिक पार्टनरहरू म्यूजिक मैथिली र प्रवेश मल्लिक प्रोडक्शनु रहेका छन् ।
लोरी एउटा सुखदायक, सौम्य गीत हो जसले बच्चालाई निदाउँन मदत गर्छ। यहीँ उद्येश्यले निर्माण गरिएको यस गीतमा सन्तान प्रति आमाको प्रेम, आसा र चिन्तन बारे गहिरो ढङ्गले चित्रण गरिएको छ। निनिया रानी कर्णप्रिय धुन, मनमोहक स्वर, आरामदायक शब्द र कल्पनाले भरिएको छ । सुन्ने बित्तिकै मनको वातावरण शान्त बनाउँछ ।
यस गीतमा आमाले सन्तानको शान्ति, सुरक्षा, सद्बुद्धि एवं प्रगतिको लागि प्रेम गीत गाएकी छिन् । बच्चा ठूलो भएपछि जीवनमा सम्पूर्ण यश प्राप्ति भए ता पनि आमाले आजीवन रूपमा बच्चाको ओठबाट मातृभाषा मैथिलीु चन्दन झैँ मगमगाएको हेर्न चाहन्छिन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |