राजबिराज । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) को चुनाव आज हुँदैछ । शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सकिएको थियो ।
आज काठमाडौंको एक होटलमा चुनाव हुनेछ । उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११:२० बजे हुनेछ ।
त्यस्तै उम्मेदवारको मनोनयन उपर उजुर र छानविन बिहान ११स् ४० को समय तोकिएको छ । उम्मेदवारको नाम फिर्ता बिहान ११:५५ मा हुनेछ । उम्मेदवानरको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि मात्रै मतदान प्रक्रिया सुरु हुनेछ ।
चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का सचिव पदमा लड्नेछन् । चतुरकै प्यानलमा रोशन सिंह उपाध्यक्ष र पदम खड्का कोषाध्यक्षमा लड्नेछन् ।
पारसकोविरुद्धमा सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने चर्चाछ । क्यानको चुनावमा कुल ८४ मत छ । कुनैपनि प्रमुख पद जित्न ४३ मत आवश्यक पर्दछ । प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । झापाबाट दुई प्रतिनिधि लाक्पा लामा र मनोज कटवाल आएपछि मताधिकार नै खोसिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |