काठमाण्डाै । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराएकी छिन् ।
निगमले गए राति पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भएपछि सरकारले निगमलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |