राजविराज । तराईमा मनाइने महान लोकपर्व जितियाको अवसर पारेर राजबिराजमा शुभकामना आदान प्रदानकाे कार्यक्रमकाे अ आयाेजना गरी मनाईएकाे छ ।
आईतवार जसपा नेपाल निकट समाजवादी महिला सँघले राजबिराज स्थित आशिया पार्टी प्यालेशमा सयाै महिलाहरूले मिथिलानी महिलाहरूले नाच गान तथा जितिया पर्वको विधि विधान र महत्व बारे चर्चा परिचर्चा गर्दे जितिया पर्व मनाएका छन् ।
उक्त अवसरमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार यादबले जितिया पर्वकाे अवसरमा महिला, दिदी, बहिनीहरूलाई शुभकामना दिईदै मैथिल संस्कृति पर्व मध्येको एउटा मुख्य पर्व जितिया रहेकाेले सन्तानको सुखशान्ति र चिरायुका लागि कामना गर्दै शुभकामना दिए ।
यसैगरी मधेश प्रदेशका पुर्व उपसभामुख उपमा देवले जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको बताईन ।
तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा असोज कृष्णपक्ष शुरु हुनासाथै पुत्रवती मिथिलानीले जितियाको चर्चा र तयारी थालेका हुन् ।
समाजवादी महिला सँघ सप्तरीका अध्यक्ष रमिला साहकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा जसपा सप्तरी अध्यक्ष केदार यादब, बाेदेबरसाईन नगरपालिका उपप्रमुख, राजगढ गाउपालिका उपाध्यक्ष रेणु मण्डल, मैथली अभियानी करूणा झा, लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
पुत्रवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दु परम्परा छ । कृष्णपक्ष शुरु हुनासाथै व्रतालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |