काठमाण्डौ । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमण परी १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको हो । यस्तै बैठकले मृतकका परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |