राजबिराज । इजरायलमा जारी द्वन्द्वमा मारिएको १० जना नेपालीको शोकमा राजबिराजमा विभिन्न संघ संस्थाले मैनबत्ती प्रज्ज्वलन गरेको छ ।
मंगलबार राजबिराज स्थित जसपा नेपाल निकट महिला संघले गजेन्द्र चौक र दशन चौकमा मैनबत्ती प्रज्ज्वलन गरी श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको महिला नेतृ रमिला साहले बताइन ।
यसैगरी नेकपा एमाले निकट अनेरास्ववियुले पनि दशन चौकमा मैनबत्ती प्रज्ज्वलन गरी श्रद्धाञ्जली दिएको अनेरास्ववियु जिल्ला अध्यक्ष रंजित साहले जानकारी दिए । यसैगरी नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले पनि गजेन्द्र चौकमा मैनबत्ती प्रज्ज्वलन गरी शोक मनाएका छन ।
इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमण परी १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको थियो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
यसैगरी सप्तरी युथ नेपालको आयोजनामा इजरायलमा अल्प आयुमा नै ज्यान गुमाउनु परेका १० जना विद्यार्थी हरूको आत्माको चिरशान्ति र वहाँ हरुको परिवारलाई भगवानले हौसला प्रदान गरुन् त्यसको लागि मैनबत्ती प्रज्वलन गरी वहाँ हरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुको साथै एक मिनेट मौन धारण समेत गरिएको सप्तरी युथका बिष्णु यादबले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |