राजबिराज । दिगो समाजिक विकासका लागि विपत उत्पादनशीलता क्षेत्रमा कार्य गर्दै कोशी पीडित समाजले २० औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
शुक्रवार राजबिराजमा एक कार्यक्रम बिच समाजले २० वर्ष पूरा गर्दै सप्तरी कार्यक्षेत्र बनाउँदै समुन्नत समाजको परिकल्पना गर्दै बहुआयमिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै संस्था हो ।
उक्त अवसरमा संस्थाले जिल्ला बाढी, बिपत वाट प्रभावित क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी, कंचनरूप नगरपालिका, तिलाठी कोईलाडी गाउपालिका सहित पालिकाहरूमा विपत व्यवस्था प्रतिकार्य, जोखिम न्यूनिकरण, खोज उद्वार क्षेत्रमा तथा स्वरोजगार र उद्यमशीलताका लागि कार्य गर्दै संस्थाका सुकदेव चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।
संस्थाले बाढी प्रभावित क्षेत्रका स्थानियवासीहरू लाई स्वरोजगार गरी आयआर्जन गर्न कृषकहरूलाई बिउबिजन, कृषि तालिम, सिचाई व्यवस्थापनमा सहयोग गरेपछि तरकारी खेती तर्फ आक्रसित हुँदै गएको संस्थाका निर्देशक देव नारायण यादबले जानकारी दिए ।
वार्षिक साधारण सभामा मधेश प्रदेश सरकारका अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिँह, सेभद सप्तरीका अध्यक्ष ध्रुव देव, राजबिराज वडा ३ का वडा सदस्य बिरेन्द्र कुमार साह, तिलाठी निवासी समाजसेवी भूमिपुत्र देवनारायण यादब, दाजुभाई ईट्टा व्यवसायी राजकुमार चौधरी, हनुमाननगर नगरपालिका १ का कृषक रामकुमार यादब, शिव बहादुर सुवेदी, नागरिक मंचका संयोजक रामचन्द्र खंग, पत्रकार चन्दन यादब लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |