राजबिराज । सप्तरीको प्रतिष्ठित सहकारी मध्ये उत्कृष्ट आईडियल सहकारी संस्था लिमिटेडले २५ औ वर्षमा प्रवेश गरेको छ । शनिवार राजबिराज एक कार्यक्रम बिच संस्थाले २४ औ वार्षिक साधारण सभा गर्दै २५ औ वर्षमा गरेको हो ।
दिगो उत्तरदायी व्यवसायी आईडियलको सहकारीको नीति लिएर सप्तरी कार्यक्षेत्र बनाउँदै सहकारीताको मूलभूत सिद्धान्त अनुरूप समुदायलाई सफलता पूर्वक सेवा पुरयाउदै आएको छ ।
उक्त अवसरमा संस्थाका अध्यक्ष गणेश कुमार आशले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आव ०७९/८० को १ अर्ब २० करोड ३९ लाख ४५ हजार ७ सय २९ रुपैयाँ ६३ पैसा बराबरको सार्वजनिक गरेका छन ।
सो अवसरमा नेपाल पत्रकार महासँघ सप्तरीका अध्यक्ष श्रवण देवले सहकारी क्षेत्रमा जनताको मन जितन सफल भएकोले संस्थाले उद्योग तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । वि.स २०५६ साल साउन १९ मा ४२ जना वाट संचालन गरेको संस्थाले अगामी आ. व २५ सय शेयर सदस्य बृद्वि गरी १६ हजार ९ सय २५ पुरयाउने लक्ष्य रहेको संस्थाका अध्यक्ष आशले बताए ।
उनले भने सहकारी मापदण्ड तथा नीति अनुसार शेयर पुँजीको अनुपातमा मात्र बचत संकलन गर्न पाउने ब्यवस्था अनुसार चालू आ।ब मा प्रति कम्तिमा प्रति सदस्य कम्तिमा १० किता शेयर १ हजार शेयर पुरयाउने र आगामी बर्ष १३ करोड ५६ लाख ४ सय ८० पुरयाउने लक्ष्य राखेको बताए ।
संस्थाको गत आ.व ०७९/८० को यथार्थ शेयर पुजी ११ करोड ३० लाख ४ सय, बचत निक्षेप ८५ करोड ९० लाख ३८ हजार ७ सय ७८ को निक्षेप संकलन गरेको र आगामी बर्ष विभिन्न योजना मार्फत १ अर्व ३ करोड ८ लाख ४६ हजार ५ सय ३३ रहेको भने श्रृण लगानी ८१ करोड ३६ लाख ७९ हजार ८ सय ५८ रुपैयाँ ६७ पैसा गरेको संस्थाका व्यवस्थापक बिनोद रजकले जानकारी दिए ।
आईडियल सहकारी संस्था लिमिटेड राजविराजका ३ कर्मचारी सहित ५ जना सम्मानित भएका छन् । संस्थाको २४ औं बार्षिक साधारणसभाको अवसरमा शनिबार आयोजित एक समारोहका बिच उनीहरु सम्मानित भएका हुन् ।
सम्मानित हुनेहरूमा सहकारीका वरिष्ठ सहायक सुजता देव, सावित्रा परियार, रघुनन्दन यादव रहेका छन् । एकदशकभन्दा बढी समयदेखि सहकारीमा उत्कृष्ट सेवा प्रदान गरेकाले भन्दै उनिहरुलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक बिनोद कुमार साफीले जानकारी दिए ।
यसैगरी नियमित बचतकर्ता राजविराज नगरपालिका ६ का रुद्र नारायण साह र उत्कृष्ट ऋणी भुपेन्द्र मण्डल सम्मानित भएका छन् । उनीहरूलाई संस्थाका अध्यक्ष गणेश कुमार आश र व्यवस्थापक विनोद कुमार साफीले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |