राजविराज । नेपालले एसीसी यु -१९ प्रिमियर कप क्रिकेटमा आइतबार बहराइनलाई ७ विकेटले पराजित गरेको छ ।
दीपेश कँडेल र दुर्गेश गुप्ताले धारिलो बलिङ गरेपछि क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङमा आएको बहराइनलाई नेपालले ३७.५ ओभरमा ७७ रनमा अलआउट गरेको थियो । स्पिनर दीपेशले ९.५ ओभरमा ८ मेडन राख्दै ४ रनमात्र खर्चेर ६ विकेट र दुर्गेशले ८ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ४ विकेट लिएका थिए ।
जवाफमा नेपालको सुरुआत राम्रो रहेन । सुरुमै तिन खेलाडी सस्तोमा आउट भएका थिए । ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले समान अविजित ३२ रन बनाउँदै नेपाललाई विजयी बनाए ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले पराजित गरेको थियो । नेपालले अब बिहीबार साउदी अरेबियासँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |