राजबिराज । राजविराज नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यबाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा बुधबार आयोजित एक समारोहका विच बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
कार्यक्रममा राजविराज नगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष जयनारायण मण्डलले आर्थिक बर्ष २०८०/८१ लागि नगरसभाबाट पारित विनियोजन विधेयक २०८० मा समाबेश १ अर्व ११ करोड ३२ लाख ७८ हजारको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
विनियोजन विधेयक प्रस्तुत गर्दै प्रबक्ता मण्डलले नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ र २०७९/८० मा सम्पन्न गरेका तथा भुक्तानी नपाएका योजनाहरुको लागि १४ करोड बजेट विनियोजन गरेको बताए ।
कार्यक्रममा बोल्दै कार्यबाहक नगरप्रमुख इसरत परविनले विगतमा सम्पन्न कामको भुक्तानी गर्ने किसिमाले दायित्व मुक्त नगरपालिका बनाउने उदेश्यकोसाथ बजेट नीति तथा कार्यक्रम ल्याइएको बताइन् । उनले काम गरेको पैसा दिनुपर्छ भन्ने मान्यताको साथ बजेट ल्याएको स्पष्ट पारिन् ।
त्यसका लागि कामको पुनः मुल्यांकन तथा अनुगमन गर्ने बताउदै कार्यबाहक नगरप्रमुख परविनले भुक्तानी पारदर्शी बनाउन पत्रकारहरुलाई साथ सहयोगका लागि आग्रह गरिन ।
गत असोज १५ र १६ गते सम्पन्न राजविराज नगरपालिकाको नगरसभा भएको दुइ हप्तापछि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |