राजविराज । जनता समाजवादी पार्टीका नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले देशमा रहेका जातिय ,भौगोलिक लैंगिक लगायतका सबैखाले भेदभाव विरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टी शम्भुनाथ नगरसमितिद्वारा शम्भुनाथमा बिहिवार आयोजित शुभकामना आदानप्रदान तथा संगठन विस्तार अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेता यादवले मधेशी, थारु आदिवासी जनजाति, दलित, मुश्लिम समुदायले अझै समान अधिकार पाउन नसकेको उल्लेख गर्दै उनले अधिकार सुनिश्चितताको लडाइँका लागि संगठन निर्माणमा जोड दिए ।
जसपाले मात्र मुलुकमा सदियौदेखी विभेद, भेदभाव अन्याय र अधिकारबाट बन्चित जाती, समुदाय र लिंगको अधिकार स्थापित गर्ने टोल(टोलमा पार्टी संगठन विस्तार अभियान लिएर जान नेताकार्यकर्ता आग्रह गरे ।
राजनीतिक समिति सदस्य विनोद चौधरीले पार्टीले सरकारको नेतृत्व गरेपनि सहयोग नपाउँदा कार्यकर्ता माझ असन्तुष्टि बढेको बताए ।
पार्टी नेतृत्वको सरकारले कार्यकर्ताको भवानालाई सम्बोधन गर्न नसक्दा पार्टी कार्यकर्तामा विचलनको साथै निराशा उत्पन्न भएको उनको भनाइ थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |