राजबिराज । दशै तथा शुभदिपावलीकाे अवसरमा राजबिराजमा सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेला २०८० ’को आयोजना हुने भएको छ ।
राजबिराज स्थित राजरंगशाला खेलमैदानको जग्गामा सप्तरी युथले बृहत मेलाको आयोजना गर्ने भएका हुन् ।
शुक्रवार सप्तरी युथले पत्रकार सम्मेलन गरी मेला आगामी कार्तिक ११ देखि १५ दिनसम्म सञ्चालन गर्ने बताइएको छ ।
सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले सञचालित मेलामा ३० भन्दा बढी स्टल रहने सप्तरी युथका उपाध्यक्ष माेहन यादबको भनाइ छ।
मेलाकै अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने मेला संयोजक सतेन्द्र यादबले जानकारी दिए ।
राेटे पिंग, ब्रेक डान्स, नाच सहित दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री,भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धनसम्बन्धी गर्ने स्टल रहने मेला समिति संयाेजक सतेन्द्र यादबले बताए ।
मिथिला संस्कृत, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहनेछन् ।
मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै संयाेजक यादबले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने बताए ।
मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने बताइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |