राजविराज । पत्रकार संजिव बिक्रम शाह उपर हातपात गर्ने अमरेन्द्र यादव र अनिल यादवलाई जनमत पार्टीले कार्वाही गर्ने बताएको छ ।
पार्टीका जिल्ला इन्चार्ज राम गमन साहले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घट्ना दुःखद भएको बताएका छन् । पत्रकार उपर हातपात गर्ने आफ्ना कार्यकर्तालाई अनुशासनको कार्वाही गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघको अगुवाइमा कानुनी प्रकृया अगाडि बढाएपछि हातपात गर्ने अमरेन्द्र र अनिलले गल्ती स्वीकार गर्दै आगामी दिनमा पत्रकार उपर कुनै किसिमको घट्ना नगर्ने बताएका छन् ।
गत १ कात्तिकमा डाक्नेश्वरी नगरपालिकामा भइरहेको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकार शाह उपर जनमतका कार्यकर्ता अमरेन्द्र यादव र अनिल कुमार यादवले हातपात गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |