राजबिराज । सप्तरीको विष्णुपुर गाउँपालिकाको ६ नम्बर वडा कार्यालयले अार्थिक बर्षकाे आयब्यय सार्वजनिक सहितका माँग राख्दै ७ दिन देखि तालाबन्दी गरेका छन ।
स्थानीयले ४ सुत्रीय माग राखी गत मंगलबारदेखि नै आन्दोलनरत रहँदा स्थानीय सेवाग्राहीहरुलाई सास्ती खेप्नुपरेको छ ।
यद्यपी सरोकारवालाले यसको समाधान गर्न चासो नलिएको आन्दोलनरत पक्षको भनाई छ ।
वडाअध्यक्ष परमानन्द यादवलाई ज्ञापनपत्रसहित पटकपटक माग सम्बोधनका लागि आग्रह गर्दा समेत सुनुवाइ नभएपछि तालाबन्दीसहित कार्यालय अगाडि धर्ना बस्न बाध्य भएको संघर्ष समितिका अध्यक्ष राजेश कुमार राय(राहुल) ले बताए ।
‘सात दिन देखि आन्दोलनमा छौं तर कुनै सुनुवाई छैन्, वडाध्यक्षसँग सम्पर्क हुन सकेको छैन्,’ उनले भने, ‘माग सम्बोधन नभएसम्म तालाबन्दी तथा धर्ना कार्यक्रम जारी राख्ने छौं ।’
आर्थिक बर्ष २०७९/०८० को आयव्यय सार्वजनिक गर्नुपर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको योजना सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर्नुपर्ने, उपभोक्ता समिति गठन प्रक्रिया पारदर्शी गर्नुपर्ने लगायतका माग आन्दोलनरत पक्षको रहेको छ ।
यस विषयमा बुझ्न वडाध्यक्ष परमानन्द यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |