राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर-४ को (ख) बाट निर्वाचित प्रदेश शभा सदस्य अनिरूद्व प्रसाद सिंह यादव रिहा भएका छन् ।
उनलाई उच्च अदालत जनकपुर राजविराजकाे इजलासले रु १ लाख २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
माओवादी नेता गोबिन्द चाैधरीकाे हत्याकाण्डमा संलग्न रहेकाे भन्दै उनीविरूद्व कर्तव्य ज्यान तथा डाँका मुद्दा परेकाे थियाे । मुलतबीमा रहेकाे उक्त मुद्दामा उनलाई १७ भदौमा पक्राउ गरि १८ भदौमा सप्तरी जिल्ला अदालतमा पेश गर्दा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियोे ।
अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएलगतै मधेस प्रदेश सभाले निलम्बन गरेको थियो ।
सप्तरी जिल्ला अदालतको आदेशबिरुद्ध अनिरूद्व पक्षले उच्च अदालतमा रिट दायर गरेको थियो । उक्त मुद्दामा बिहीबार बहस हुँदा अनिरूद्वलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र पुर्ण प्रसाद राजबन्शीको सन्युक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |