राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री तथा प्रतिनिधि सभा सदस्य सुशिला श्रेष्ठले पुर्वाधार अन्तर्गतकाे आयाेजना समयमा सम्पन्न नगरी म्याद थपेकाे थपे भए तर काम सम्पन्न हुन नसकेकाे बताईन ।
बिहिवार राजबिराज स्थित जसपा नेपाल सप्तरी द्वारा आयाेजित स्वागत तथा सम्मान कार्यक्रममा साे कुरा बताएकी छिन ।
उनले भने ठेकेदारकाे लापरवाही र मुख्य जिम्मेवार ठेकेदार निर्माण स्थलमा समेत उपस्थिति नहुदाँ काममा लापरवाही र गैर जिम्मेवार देखिएकाेले यस सम्बन्धमा पुर्वाधार समितिमा छलफल गरेर कार्यवाही बढाउने बताईन ।
एक अर्काे प्रशंगमा बाेल्दै नेतृ श्रेष्ठले पार्टीलाई एकजुट संगठित र ब्यस्थित बनाई बिचार, सिद्धान्त, मूल्य मान्यताकाे अाधारमा पार्टीलाई मजबुत बनाउनुपर्नेमा जाेड दिईन ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई अंकित गर्दै उनले भनिन् ‘निर्वाचनको दुई/तीन महिना अघि आएको पार्टीले २०वटासम्म सिट जितेको छ, हामी कति सिटमा झरेको छौं भने आफैमा समिक्षा गरौं, दोष अरुलाई नदिएर औंला आफ्नो तर्फ फर्काऔं, हामीमा दोष हो की उनीहरू आफै पलाएका हुन्, समिक्षा गरौं ।’
उनले पार्टीको क्वालिटी किन खस्किएको छ अनुसन्धान गरेर त्यसको पनि समाधान आफै गर्नुपर्ने तर्फ लाग्न नेताकार्यकर्तालाई आग्रह गरिन् ।
सप्तरीमा निर्माणधिन आयोजनाको अनुगमन गर्न टोलीमा आएकी उनलाई जनता समाजवादी पार्टी, सप्तरीको कार्यालयमा नेताकार्यकर्ताहरुले स्वागत तथा सम्मान गरेका थिए।
उक्त अवसरमा जसपा नेता तथा संघिय सासंद नवलकिसाेर साह, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिँह यादब, प्रदेश सभा सदस्य तथा पार्टी प्रवक्ता मनिष सुमन, जसपा नेता दिनेश यादब, जिल्ला अध्यक्ष केदार यादब, युवा नेता लक्ष्मण यादब, शंभु यादब, महिला नेतृ पुनम यादब, रमिला साह, अाशा साह, बिनाेद यादब, नरेन्द्र यादब लगायत नेता तथा कार्यकर्ताहरूकाे उपस्थिती रहेकाे थियाे।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |