राजबिराज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर बिवेक यादबलाई सप्तरीमा सम्मान गरिएको छ ।
गोवर्धन पूजाको अवसरमा यादब सेवा समितिको ११ औ महाधिवेशन तथा २८ औ साधारण सभामा मंगलबार राजबिराजमा सम्मान गरेको हो ।
उक्त अवसरमा शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादबले हालै सम्पन्न विश्वकप टि ट्वान्टी छनोट प्रतियोगितामा नेपाल छनोट भएको र उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी जिल्ला र राष्ट्रको गौरव बढाएकोले अलराउन्डर बिवेक यादबलाई सम्मान गरेको बताए ।
विवेकलाई मन्त्री महेश यादब र यादब सेवा समितिका अध्यक्ष भिमराज यादबले दोसल्ला र कदरपत्रसहित सम्मान गरे ।
बिश्वकप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा छनोट भएको अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण सफलता हासिल गरिरहेको र क्रिकेटर बिवेकले नेपाली क्रिकेटको सम्मानलाई बढाउन बलिङ र ब्याटिङ, फिल्डिङ तिनै (थ्रिडी) क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेकाले गृह जिल्लामा अभिनन्दन गरिएको समितिले जनाएको छ ।
पुर्खौली घर सप्तरीकै बिष्णुपुर गाउपालिका- ५ कट्टीबिष्णुपुर भएका बिवेकको परिवार हाल राजबिराजमा बस्दै आएको छ ।
नेपाल टी–२० विश्वकपमा छनोट हुँदा अलराउण्डर यादबले ओमान बिरूद्व ले उत्कृष्ठ प्रदर्शन गरेका थिए। उनले ओमान बिरूद्व अन्तिम ओभरको तीन वलमा १९ रन बनाउँदै जित नजिक पुर्याएका थिए ।
उनको खेल जीवनमा थप प्रोत्साहनका लागि यादबलाई सम्मान गरिएको यादब सेवा समिति सप्तरीका अध्यक्ष भिमराज यादबले जानकारी दिए ।
नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण सफलता हासिल गरिरहेको र क्रिकेटर बिवेकले नेपाली क्रिकेटको सम्मानलाई बढाउन बलिङ र व्याटिङ, फिल्डिङ तिनै (थ्रिडी) क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेकाले गृह जिल्लामा अभिनन्दन गरिएको यादब सेवा समितिका सचिव असोक यादबले जनाएको छ ।
यसैगरी यादब समितिले राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी संतोषी यादब (५५ केजी समुह) र हेम नारायण यादब (५९ केजी समूह) लाई सम्मानित गरेका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |