राजबिराज । यादब सेवा समिति सप्तरीले ११ औ महाधिवेशन तथा २८ औ साधारण सभा र गोवर्धन पूजाको अवसरमा विभिन्न व्यक्तित्व सम्मानित भएका छन ।
मंगलबार यादब सेवा समिति केन्द्रीय कार्यालय राजबिराज ९ मलेठ द्वारा आयोजित उद्घाटन सत्रमा समाजमा योगदान पुर्याएको व्यक्तित्वहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा पत्रकारिता तर्फ समाजलाई उत्थान र उजागर गरी समृद्ध समाज निर्माणमा पुर्याएको योगदानको उच्च कदर गर्दै बरिष्ठ पत्रकार मुरली प्रसाद यादबलाई सम्मानित गरेका छन ।
त्यस्तै समाजसेवी तर्फ राजबिराज १३ बिषहरिया राजेन्द्र प्रसाद यादब, यादब महासंघ तर्फ चित नारायण यादब, धर्मशाला निर्माण तर्फ सुगम्बर यादब, पशु विकास तर्फ राजबिराज १५ का उज्जवल कृषि सहकारी संस्थाका अध्यक्ष जगदिश यादब, डिमनका अयोधी यादब रहेको छ ।
यसैगरी शिक्षा तर्फ छिन्मस्ता गाउपालिका वडा १ बरहीबिरपुरका छात्रा कृतिका यादब, राजबिराज ७ का निकिता कुमारी यादब सम्मानित भएकी छन भने संस्कृति तथा कला तर्फ राधाकृष्ण मन्दिर महिला गायन मण्डली रहेका छन् ।
कार्यक्रममा बरिष्ठ पत्रकार मुरली प्रसाद यादबले यादब समुदायको उत्थान र विकासका लागि विभिन्न कार्ययोजना बनाई अगाडि बढनुपर्नेमा सुझाव दिए ।
कन्छुनरप्रताप माबि नकटिरायपुरका प्राधानाध्यापक परशुराम यादबले यादब सेवा समितिलाई सक्रिय सङ्गठित उद्देश्यमूलक बनाउन र आकर्षणको केन्द्र बनाउन तथा धर्मशालाको बिस्तार ,मन्दिरको संरक्षण र गोवर्धन पुजा कार्यक्रमलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
उक्त अवसरमा यादब सेवा समितिले आ.व २०७९/ ८० को २ लाख ३७ हजार ५ सय ४५ रूपैया बराबरको आयब्यय सार्वजनिक गरेको छ ।
यादब सेवा समितिका अध्यक्ष भिमराज यादबको अध्यक्षतामा आयोजित उदघाटन सत्रमा समाजसेवी डा। सुर्य प्रसाद यादब, शिवशंकर यादब, यादब महासँघका केन्द्रीय अध्यक्ष चितनारायण यादब, कन्छुनरप्रताप माबि नकटिरायपुरका प्राधानाध्यापक परशुराम यादब, मबिव क्याम्पसका स्ववियु अध्यक्ष रंजित यादब, पुर्व गाबिस सचिव शिवदेव यादब, जेष्ठ नागरिक सुर्य नारायण ठाकुर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
आजै बस्ने महाधिवेशनको बन्दसत्रबाट यादब सेवा समितिको नयाँ कार्यसमिति चयन गरिने समितिका महासचिव असोक कुमार यादबले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |