राजबिराज । राजबिराज-सखडा सडक खण्ड फराकिलो गर्न अतिक्रमित गरी बनाएको संरचना खाली गर्न राजविराज नगरपालिकाले शुक्रवार डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
राजविराज नगरपालिका वडा नं। ६ स्थित सखडा सडक-बागेश्वरी मन्दिर देखि पुर्व सडक मोड सम्मको सडक आसपासका घर टहरा लगायतका अतिक्रमित संरचना हटाउन सुरू गरिएको हो ।
उक्त अतिक्रमणका कारण मन्दिर तथा सोही सडक बाटो हुँदै सिमाबर्ति क्षेत्र बिहार भारत आवतजावत गरेन समस्या हुनुको साथै सडक फराकिलो निर्माण कार्य प्रभावित हुने गरेकोले सूचना दिएर डोजर लगाएर संरचना भत्काएको राजबिराज कावा नगर प्रमुख ईसरत प्रविनले बताइनँ ।
अतिक्रमित संरचना हटाउन राजबिराज नगरपालिका वाट पछिल्लो पटक १५ दिने सूचना जारी गरि आग्रह गरेपनि अटेर गरेकोले बाध्य भएर डोजर चलाएको बताइनँ । उनले नगर व्यवस्थित गर्न चालेको कदमले नगरवासीबाट सहयोग र समर्थन हुने गरेकोले यो सडक बिस्तार गर्ने अभियान नरोकिने बताइनँ, छिटै नगर क्षेत्रमा बाकी रहेका अतिक्रमित भौतिक संरचना भत्काउन काम अघि बढाउन नगर प्रमुख प्रविनले बताइन ।
बागेश्वरी मन्दिर देखि सखडा मोड सम्मको सडकको दायाँ बायाँ ६.५ /६.५ मिटरमा अतिक्रमित जग्गाको भौतिक संरचना हटाउन थालिएको राजबिराज वडा ६ का अध्यक्ष शशी चौधरीले बताए ।
फराकिलो सडक तथा नगरलाई व्यवस्थित र सौन्दर्यकरण का लागी यस्तो अभियान चलाएको नगरपालिकाले जनाएको छ ।
वडा कार्यालय ६ तथा राजविराज नगरपालिकाले ७ दिन अघि नै सूचना जारी गर्दै सखडा रोडको दायाँ बायाँ भौतिक संरचना हटाउन समय सिमा बिहीवार सकेपछि डोजर लगाएर सडक बिस्तार गर्दै छ ।
नगरपालिकाले नापजाँच गरि डोजर लगाएर मूल सडकको भौतिक संरचना हटाउने लागेको राजबिराज वडा ६ का अध्यक्ष शशी चौधरीले जानकारी दिए ।
राजबिराज देखी सखडा जोडने बाटोको फराकिलो गर्न नक्सांकन भइसकेको छ ।
यस अगाडि हटिया, कंचनपुर सडक सहितका ठाउको अतिक्रमित घर, टहरा लगायतका संरचना हटाएका थिए ।
अतिक्रमण हटाउने क्रममा राजबिराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद गुरूगं, राजबिराज नगरपालिका वडा ८ का अध्यक्ष तथा प्रवक्ता जय नारायण मण्डल, राजबिराज नगरपालिका वडा २ का अध्यक्ष अरूण कुमार यादब, वडा ७ का अध्यक्ष सुभाष यादब, वडा १३ का अध्यक्ष त्रिलाेकिनाथ चाैधरी सहित नगरपालिका कर्मचारी, प्रहरीकाे बाकलाे उपस्थिति रहेकाे थियाे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |