राजविराज । लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । परिकल्पना नेपाल सप्तरीले अभियान अन्तर्गत राजविराज वडा नं १ मा पहिलो दिन बालिकाको शिक्षामा पहुँच र बालविवाह न्यूनीकरणका लागि सडक नाटकको आयोजना गरेको छ ।
छोराछोरीलाई गुणस्तरीय उच्च शिक्षा दिएर आत्म निर्भर बनाई २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने कानुनी व्यवस्था भएपनि यस वडाको अधिकांश बालबालिकाको बालविवाह हुने भएकोले न्यूनीकरण गर्ने उद्देश्यले यश अभियान अन्तर्गत नाटकको आयोजना गरेको संस्थाका अध्यक्ष सुधा देवले बताइन् ।
प्रस्तुत गरेको नाटकमा छोराछोरीलाई शिक्षा नदिई बालविवाह गरेपछि छोरीले दिनदिनै हिंसा सहनुपरेको र स्वास्थ्य अवस्था गम्भीर भएर परिवारमा नराम्रो असर परेकोले त्यस्तो नगर्न सन्देश दिएको छ ।
नाटकमा स्थानीय बालबालिकाले अभिनय गरेका छन् । अभिनय गर्नेहरूमा पुजा सरदार, लक्ष्मी सरदार, दुर्गी यादव, संजना यादव, रूपेश शर्मा, दिलिप यादव, धर्म देव यादव, रूपक यादव, उदित यादव, जितेन्द्र यादव लगायत रहेका थिए ।
यसै बिच शनिवार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला स्तरीय लैंगिक हिंसा संजाल सप्तरी, सहित जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सामूहिक रूपमा राजविराजमा प्रभाव फेरि कार्यक्रमको आयोजना गरेको छ ।
लैंगिक हिंसा अन्त्यको सुनिश्चितता स् महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता नाराका साथ यश वर्ष सप्तरी सहित विश्वभर सरकारी तथा गैरसरकारी संस्थाहरूले यो अभियान नोभेम्बर २५ बाट शुरू भई १० डिसेम्बरमा समापन हुने परिकल्पना नेपालको अध्यक्ष सुधा जानकरी र्दिैईन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |