राजबिराज । मधेश प्रदेशले केपी ओली टि- २० कपमा एपिएफलाई ११ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । यो जित सँगै ७ प्रदेश समलित राष्ट्रिय प्रतियोगितामा मधेश पहिलो पटक फाइनलमा पुगेको हो ।
जितको लागि १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनाएपछि मधेश प्रदेश फाईनलमा प्रवेष गरेका छन ।
एपिएफका सन्दीप जोराले ५४, प्रदीप ऐरी ४२ ५५ रन बनाएका थिए । लोकेश बम ३२ सुमित महर्जन १३, आसिफ शेख ४, अरुण ऐरी शून्य र पुरन बिक ४ रनमा आउट भए ।
मधेशका विशाल पटेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कप्तान हरिशंकर शाहले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । मधेशको जितमा ओपनर अनिल शाहले ३६ बलमा २ चौका र ६ छक्कासहित ५७ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
शीर्षक्रमका ब्याटर इमरान शेखले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाएका थिए । ओपनर तथा कप्तान हरिशंकर शाह १२ बलमा १ चौकासहित १० रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । पवन सरार्फ १९ बलमा ४ चौका र २ छक्का सहित ३३ रनमा आउट भए । रुपेश सिंहले ८ बलमा ३ चौका र १ छक्का सहित २१ रन बनाए । हिमान्शु दत्त ७ बलमा २ चौका र १ छक्कासहित १५ तथा विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाए ।
एपिएफका स्पिनर मौसम ढकालले ४ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए ।अमरसिंह राउटेलाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मधेश प्रदेशले उपाधिको लागि आर्मीसँग खेल्नेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |