राजबिराज । सप्तरीमा वैदेशिक रोजगारको सिलसिलामा ६ वर्षमा १ हजार ८ सय ७१ जनाले ठगीमा परेको एक कार्यक्रम बिच बताईएको छ ।
राजबिराज नगरपालिका आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र सामी र हेल्भेटास नेपालको सहयोगमा सुरक्षित वैदेशिक रोजगारको लागि प्रदेश र स्थानीय सरकार बिच अन्तरक्रिया कार्यक्रममा सो कुरा बताईएको हो ।
वैदेशिक रोजगारमा ठगीमा परेका १ हजार ८ सय ७१ जनाले आप्रवासी स्रोत केन्द्रमा उजुरी गरेका मध्ये ७ सय ६० जनाको समस्या समाधान गरिएको सामी र हेल्भेटास नेपालका सुशासन संयोजक कमल बहादुर रोकायले तथ्यांक प्रस्तुत गरेको छ ।
उनले भने ६ वर्षमा १६ करोड ९० लाख ६१ हजार ५५ रुपैयाँ क्षतिपुर्ति दिलाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यसैगरी सिरहामा ९ सय २० समस्या मध्ये ४ सय २४ जनाको समस्या समाधान गरिएको छ भने २१ करोड ५३ लाख ६२ हजार ५ सय ६२ रुपैयाँ क्षतिपुर्ति दिलाउन सफल भएको सामी र हेल्भेटासका कमल रोकायले जानकारी दिए ।
उक्त अवसरमा सामी र हेल्भेटास नेपालका प्रदेश प्रबन्धक बिजय ठाकुरले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, उपलब्धी मूलक बनाउन र ठगी मुक्त बनाउन हामी सबैको दायित्व रहेको बताएका छन ।
आप्रवासी हकहित संरक्षण केन्द्रका प्रदेश संयोजक जितेन्द्र सिन्हाले सरकारले एजेन्ट खारेज गर्छ तर हरेक गाउँगाउँमा एजेन्टहरूको बिगबिगी र ठगी बढेको बताउँदै वैदेशिक रोजगारका लागि सुरक्षित बनाउन स्थानीय सरकार गम्भिर गम्भीर बन्नुपर्नेमा जोड दिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिँह र राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |