राजबिराज । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा क्यानले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको घोषणा गरेको हो । क्यानले जनवरी देखि डिसेम्बरसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।
नेपालले क्यानडासँग खेल्ने छ भने विश्वकप क्रिकेट लिगका खेलहरु खेल्नेछन् ।
क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न इच्छुक रह्यो भने त्यसलाई क्यालेन्डरमा समावेश गर्ने बताएका छन् ।
‘नेपालसँग कुनै पनि देशले खेल्न इच्छा राखेका हामी त्यसलाई क्यालेन्डरमा राख्नेछौं ।’
क्यानले उमेर समूहदेखि सिनियर टोलीसम्मलाई समेटेको छ ।
कार्यक्रमका क्यानका सचिव खड्कासँगै उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदक खड्का क्रिकेट म्यानेजर विनोद दासको उपस्थिति थियो ।
यद्यपि क्यानले निकै विवादास्पद बनेको नेपाल टी २० लिगको विषयमा कुनै निर्णय गरेको छैन ।
सचिव खड्काले प्रतियोगिता क्यान आफैले गर्ने बताएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |