राजविराज । प्रभु बचत तथा ऋण सहकारी संस्था लि. राजबिराजले आफ्नो १२ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवार राजबिराज स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित साधारण सभामा संस्थाले २०८० असार मसान्त सम्मको आर्थिक वित्तिय विवरण प्रस्तुत गरेका छन् ।
सो अवसरमा संस्थाका अध्यक्ष सरफराज अंसारीले संस्थाको पूँजी तथा दायित्व १५ करोड ४३ लाख ७२ हजार ३ सय ७७ रुपैयाँ ७५ पैसा प्रस्तुत गरेको भने बचत तथा निक्षेप १३ करोड ८२ लाख २२ हजार १ सय ९३ रुपैयाँ ८५ पैसा कारोबार प्रस्तुत गरेको छ । त्यस्तै १३ करोड १७ लाख ७ हजार १ सय ६६ रुपैयाँ ऋण लगानी गरेको बताए ।
संस्थाले २०७९/८० मा करिब १७ करोडको कारोबार गरि १२ लाख रुपैयाँ खुदनाफा आर्जन गर्न सफल भएको संस्थाका ब्यवस्थापक राजकुमार साहले जानकारी दिए । गरिबी निवारण र समाज उत्थानको मूल उद्देश्य बोकेको संस्थाले विगत १२ वर्षको अवधीमा बचत तथा ऋणका साथै शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा समेत विशेष कार्यक्रमहरू संचालन गर्दै आएको लेखा समितिका संयोजक मो. समि असगरले बताए ।
सहकारी संस्थाका अध्यक्ष सरफराज अंसारीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका संचालक एवम् मधेश प्रदेश संयोजक विश्वनाथ मण्डलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |