राजबिराज । नेकपा विप्लव सप्तरीद्वारा नागरिकता, जग्गा किनबेच, परिचयपत्रजस्ता कामहरु स्थानिय तहबाट उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।
जिल्ला समितिद्वारा आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेको हाे।
पार्टीका जिल्ला इन्चार्ज रामनाथ जि र सेक्रेटरी होकान सिले प्रमुख जिल्ला अधिकारी किरण थापालाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ थापाले ज्ञापनपत्रमा उल्लेख गरिएको मागलाई जस्ताको त्यस्तै प्रधानमन्त्रीको कार्यालय पठाउने प्रतिबद्धता व्यक्त गरे ।
ज्ञापनपत्रमा नागरिकता,जग्गा किनबेच र राष्ट्रिय परिचयपत्रका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेकोले समय र खर्चको हिसाबले निकै कष्टकर र समस्यामुलक बनिरहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
“दशबर्षे जनयुद्ध र जन आन्दोलनले नेपालको राज्य संरचनामा परिबर्तन ल्याइ संघीय राज्य प्रणाली स्थापना गरिएको छ, यसले एक हदसम्म जनताको आकाङ्क्षा र मागलाई सम्बोधन गर्न खोजेको अनुभुति गर्न सकिन्छ, ज्ञापनपत्रमा भनिएको छ, तर अझै पनि बास्ताविक संघीयताको निर्माण र अभ्यास गरिएको छैन, जसले गर्दा दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा जनताले सहज रुपमा पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामका सुविधा पाउन अझै सकिरहेको छैन ।”
नागरिकता, राष्ट्रिय परिचयपत्र,जग्गा किनबेचका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको तथा जुन समय र खर्चको हिसावले जनताको लागि निकै कष्टकर र समस्या वनिरहेको हुँदा यस बारे प्रधानमन्त्री ज्युको विषेश रुपले ध्यानाकर्षण गराउन चाहन्छौं, नेकपा विप्लव सप्तरीद्वारा बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
जनतालाई नागरिकता, जग्गा किनबेच परिचयपत्र जस्ता कामहरू आगामी बर्षदेखी पालिका स्तरबाट उपलब्ध गराइयोस, हाम्रो पार्टी नेपाल सरकारसंग जोडदार माग गर्दछ,नेकपा विप्लवद्वारा प्रधानमन्त्री दाहाललाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |