राजविराज । महेन्द्र विन्देश्वरी बहुमुखी (मविब) क्याम्पस राजविराजमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले ९ बुँदे माग राखदै बुधबार क्याम्पस प्रमुखको कार्यकक्ष तथा प्रशासन कोठामा तालाबन्दी गरेका हुन् ।
क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको नियम विपरित आर्थिक चलखेल गरि हाल शिक्षक भर्ना गरिएको आरोप लगाउँदै त्यसलाई रद्द गर्नुपर्ने माग राखिएको स्ववियु उपाध्यक्ष जयकृष्ण यादव तथा सचिव सुनिल कुमार मंडल द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै क्याम्पसमा हाल संचानमा रहेको एमएड, एमबिएस, एमए समाजशास्त्र, बिएड आरडी लगायतका निजी तर्फको कार्यक्रमहरूको आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, क्याम्पसको सरसफाइ नियमित रुपमा गर्नुपर्ने, पुस्तकालय व्यवस्थापन गर्नुपर्ने, नियमित पठनपाठन संचालन गर्नुपर्ने माग राखेका छन् ।
उनीहरूको साइन्स ल्याब नियमित संचालन गर्नुपर्ने, कन्या छात्रवास, छात्रवास, दलित छात्रावासको व्यवस्थापन गरि संचालन गर्नुपर्ने, अतिरिक्त क्रियाकलाप खेलकुद संचालन गर्नुपर्ने तथा बिबिए अध्ययन कार्यक्रम ल्याइ संचालन गर्नुपर्ने माग समेत रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |