राजबिराज । नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ अध्यक्षमा राजकुमार साह सर्वसम्मतिवाट चयन भएको छ ।
संघको शनिबार राजविराजमा सम्पन्न दोस्रो साधारण सभाले साहको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा अवधेश कुमार यादवलाई चयन गरिएको छ भने थोक उपाध्यक्षमा उज्ज्वल काबरा र खुद्रा उपाध्यक्षमा मिथिलेश मिश्रलाई चयन गरिएको निर्वाचन समितिका संयोजक सतिश दत्तले जानकारी दिए ।
महासचिवमा तुलानाथ माझी, सचिबमा शैलेन्द्र साह (सैलु), कोषाध्यक्षमा डम्बर प्रसाद गुप्ता र सह कोषाध्यक्षमा नारायण परिहस्तलाई राखिएको छ ।
यसैगरी सदस्यमा डा। अनिता बर्मा, बिम कुमार कर्ण, मुकेश कुमार यादव र बिनोद शर्मालाई चयन गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |