राजबिराज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिलेको ब्यवस्था ठिक नभएकोले अधिकार लिन आन्दोलनको विकल्प नरहेको बताएका छन् ।
शनिवार सप्तरीमा पत्रकार सम्मेलन गर्दै राउतले भने आन्दोलनका लागि मधेश, थारू, आदिवासी एकजुट हुनुपर्ने उनले बताए ।
देशका शासक वर्ग १० सिट भएका पार्टीलाई नेतृत्व दिन तयार छ, तर मधेशी पार्टीको बढी सिट भएपनि दिन नमानेको बताए । भित्र भित्रै प्रतिगामी एजेन्डामा सबै मिलेकै हुन्छन्’ उनले भने, ‘मधेश, आदिवासी, थारू सहित पिछडिएकालाई अधिकार दिने पक्षमा छैनन् ।
उनले भने देशका सबै संयन्त्र ४ जना कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हातमा सबै रहेको बताए ।
सबै निकायमा तीनै नेताले राजनीति नियुक्ति गर्दा नियुक्त भएकाहरू उनीहरूकै कुरा सुन्ने गरेको उनले बताए ।
अरु देशमा न्यायाधीश, निर्वाचन अधिकृत, अख्तियार अधिकृतसहितका निकायका पदाधिकारी उत्तीर्ण भएर र निर्वाचित भएर आउँछन्’ उनले भने, ‘तर यहाँ राजनीति नियुक्त भइरहेकाले देशमा हुने कान्डका दोषीले सजाय पाउदैनन् । र, उन्मुक्ति पाउँछन् । राउतले आफुहरु सत्ता गठबन्धनमा रहेपनि मधेश र मधेशीको अधिकारका लागि संघर्ष जारी राखेको बताए ।
बजेट मधेस विरुद्ध भएकोले विपक्षमा मतदान गरेको, प्रतिनिधिसभा निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा छुट्टै उम्मेदवार खडा गरेको, अहिले राष्ट्रिय सभाको निर्वाचनमा समेत उम्मेदवार उठाएको बताउदै डा। राउतले मधेश र मधेशी जनताको हक अधिकारको लागि लड्दा सरकारबाट निकाल दिन्छ भने डर नभएको स्पष्ट पारे ।
“हामी सरकारमा रहेरपनि गलत कदममा साथ दिइरहेको छैन्, हामीले उपराष्ट्रपतिमा पनि उम्मेदवार उठाएको थियौँ, राष्ट्रिय सभामा पनि उम्मेदवार उठाएका छौँ’, उनले भने, ‘हामीलाई सरकारबाट निकाल दिन्छ भने डर छैन्, तर त्यहाँ बसेसम्म जनताको बढी भन्दा बढी काम गर्ने प्रयासमा छौँ ।”
उनले अहिलेको अवस्थामा जनमत सरकारमै बस्ने तथा आफै नबाहिरिने बताएका छन् । सरकारमा रहनु पनि आफ्नो अधिकार रहेको बताउदै उनले यद्यपी सरकारमा बस्नैपर्ने सोच आफ्नो पार्टीको नरहेको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा मधेश प्रदेशका शिक्षा मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ९ ख० बाट निर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादव, श्रम तथा यातायात मन्त्री चन्दन सिँह अर्थ तथा योजना समिति सभापति प्रदेश सभा सदस्य सतिश कुमार सिंहसमेतको उपस्तिथि थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |