राजविराज । मधेश प्रदेश का मुख्यमन्त्री सराेज कुमार यादबले मधेश प्रदेश सरकारका ठुलाे गाैरबकाे याेजना भएकाेले निर्धारित मिति र समयमा शान्तिपुर्ण रूपमा सम्पन्न गर्नुपर्ने बताए ।
उनले भने यस्ता गाैरबका याेजनालाई राेक्नु हुदैन, शान्तिपुर्वक गर्ने सबै जनता सँग अपिल गरेकाे छ ।
साेमवार राजबिराजमा संचारकर्मि सँग कुरा गर्दै मुख्यमन्त्री यादबले कृषि बिश्वबिधालयलाई चाडै भन्दा चाडै संचालनमा ल्याउन सरकारले बजेट बिनियाेजना गरेकाेले शिलान्यासकार्यमा सहभागीहुन जनता सँग आग्रह गर्नु भएकाे छ ।
मुख्यमन्त्री यादबले मधेश प्रदेश सरकारकाे निर्णय अनुसार नै शिलान्यासकाे कार्यक्रम निर्धारण गरेकाेले शिलान्यास स्थलमा पुगेर शान्तिपुर्वक सहभागी भएर सम्पन्न गराउन अामजनता सँग अपिल गरेकाे छ ।
मुख्यमन्त्री यादबले राजबिराज १३ स्थित बिषहरियामा हुने कृषि बिश्वबिधालय भवनकाे शिलान्यासमा सहभागी हुन राजबिराज पुगेका छन, भने उनी सँगै अर्थ मन्त्री संजय यादब सहित प्रदेश सभा सदस्यहरू अाईपुगेका छन।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |