राजविराज । राजविराज नगरपालिका-१३ स्थित मधेश कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा भएको जनमत कार्यकर्ता र प्रहरी झडपमा मन्त्री तथा सांसदसहित दर्जन कार्यकर्ता घाइते भएका छन् ।
प्रहरी र जनमत कार्यकर्ता बिचको घम्साघम्सीमा मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादव तथा सांसद सतिश कुमार सिंहसहित एक दर्जन कायकर्ता घाइते भई अस्पताल भर्ना भएका छन् ।
प्रहरीको लाठी चार्जबाट मन्त्रीको टाउकोमा चोट लागेको छ भने सांसद सिंहको शरिरको बिभिन्न भागमा चोट रहेको छ ।
जनमतका कार्यकर्ताहरु प्रदेस सांसद सतिश सिंहको नेतृत्वमा कार्यक्रमस्थल नजिक प्रदर्शन गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई रोकेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |