राजबिराज । अधिकार र पहिचानको लागि जीवन पर्यन्त संघर्ष गर्नु भएका पहिचानवादी नेता नेपाल सदभावना पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष स्व. गजेन्द्र नारायण सिंह (गज्जु बाबु) को २२ औ पुण्य तिथि आज मनाईएकाे छ ।
उक्त अवसरमा गजेन्द्र चाैक स्थित गजेन्द्र सिँहकाे शालिकमा बिहानै देखि जसपाका युवा नेता बिनाेद यादब लगायतले सरसफाई गरी माल्यार्पन गर्दै श्रद्वान्जली अर्पण गरेका छन ।
मधेश आन्दोलनका प्रणेता एवं अथक योद्धा, संघीयताका प्रवर्तक सिँहकाे बिचार र सिद्वान्त, नितिमा नचलेकाे कारण मधेशी जनताले अधिकार पाउन नसकेकाे युवा नेता बिनाेद यादबले बताएका छन ।
उनले भने गजेन्द्र बाबुले राजनितिमा स्थापित हुनका लागी तीन आधार सिकाएका थिए, त्याग, तपस्या र बलिदान तर अहिलेका नेताहरूले राजनितिलाई ब्यापार बनाएर राजनितिक गरिरहेकाे बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |