राजविराज । मैथिली भाषा संस्कृति र लाेक कलाकाे संरक्षण गर्ने उदेश्यले राजबिराजमा जिल्ला स्तरीय मैथिली खुल्ला लाेक नृत्य प्रतियाेगिताकाे आयाेजना गरिएकाे छ ।
बुधवार सप्तरी कलाकार संघ नेपाल द्वारा आयाेजित नृत्य प्रतियाेगितामा झिजिया लाेक गितमा सामुहिक नृत्य प्रदर्शन गरेका ईष्टर्न ज्याेति सकेन्ड्री स्कुल भारदहले प्रथम स्थान प्राप्त गरेका छन । त्यस्तै दाेस्राे त्रिमुर्ती सेकेन्डरी स्कुल सखडा र तेस्राे चन्द्ररितु ओडिसी/आईडिसी ग्रुप भएका छन् भने चौथा स्थान दुर्गा सेकेन्डरी स्कुल राजबिराज प्राप्त गरेकाे कलाकार सँघका अध्यक्ष करण शर्माले जानकारी दिए ।
त्यस्तै राजाजी जन्ता मा.बि, काचन पाँचाै, आर.एम विधा ईङ्गलिस स्कुल कुपही छिन्नमस्ता छैठाै, जानकी सेकेन्डरी स्कुल राजबिराज साताै, चन्द्रा माेडेल सेकेन्डरी स्कुल बाेदेबरसाईन आठाै, केशाे अनिरुद्धवती माध्यमिक विद्यालय राजबिराज नवाै स्थान प्राप्त गरेका छन ।
उक्त अवसरमा प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादबले नृत्य प्रतियाेगिताकाे उदघाटन गर्दै मैथली लाेकगित संस्कृति काे संरक्षण गर्नुपर्नेमा जाेड दिए ।
यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देव, मैथली अभियन्ता करूणा झा, लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा प्रसिद्व गायक बिरेन्द्र झा, भागवत मण्डल, रमिला साह लगायतले लाेकगित प्रस्तुत गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |