राजबिराज । निर्माण ब्यवसायीहरूकाे छाता संगठन निर्माण ब्यवसायी संघ सप्तरीकाे अध्यक्षतामा सतिशचन्द्र मिश्र फराकिलाे मतले निर्वाचित भएका छन ।
शनिवार सम्पन्न निर्वाचनकाे अबेर राती मतगणना सकिएपछि आईतवार बिहान मतपरिणाम घाेषणा गरिएकाे हाे ।
घाेषित परिणाम अनुसार २ सय ६ मत ल्याई मिश्र अध्यक्ष पदमा निर्वाचित भएका हुन । मिश्र यस अघि संघकाे प्रथम उपाध्यक्ष थिए । उनका निकटतम प्रतिद्वन्द्वी संताेष कुमार दासले ८२ मत मात्र प्राप्त गरे । कार्यसमितिकाे अधिकांस पदमा पनि उनकै प्यानलका उम्मेदवार बिजयी भएका छन ।
यसैगरी उपाध्यक्षमा भुपेन्द्र यादब, द्वितीय उपाध्यक्षमा कैलाश प्रसाद देव, महसचिवमा अमृतलाल साह, सचिवमा प्रमाेद कुमार मण्डल, काेषाध्यक्षमा दिवाकर कुमार सिँह, तथा सहकाेषाध्यक्षमा उमेश प्रसाद यादब निर्वाचित भएका छन ।
यसैगरी सदस्यहरूमा जगदिश प्रसाद अर्याल, उदय श्रेष्ठ, प्रभाकर यादब, माे. अनवर दफाली, निलेश कुमार झा, मुकेश यादब, कृष्णचन्द्र यादब, उमाकान्त साह, भुप नारायण यादब, रंजित चाैधरी, रामचन्द्र यादब, बिष्णु प्रसाद देव, बिजय कुमार रजक निर्वाचित भएका छन ।
नयाँ कार्यसमितिकाे कार्यकाल २ बर्ष रहने निर्वाचन समितिका कानुनी सल्लाहाकार सतिश दतले जानकारी दिए । कुल ३ सय १७ मतदाता रहेकाे संघकाे निर्वाचनमा २ सय ९७ मत खसेकाे थियाे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |