राजविराज । राजविराज वार्ड नम्बर -२ स्थित रुगटा परिवारको नाउँमा रहेको जग्गाको विरह परिवर्तनमा मालपोत कार्यालय सप्तरी र नापी कार्यालय राजविराज प्रमुखहरुको मिलोमतो रहेको देखिन्छ ।
राजविराज नगरपालिका साविक वडा नम्बर ९ हाल २ मा रहेको रमेश रूंगटा, राजेन्द्र रुगटा, आनन्द रुंगटा, सरद रुगटा लागतयका नाममा दर्ता रही मिल्स एरिया र इटा भटा कायम रहेको जग्गाको बिरह परिवर्तनमा मालपोत कार्यालय सप्तरी र नापी कार्यालय राजविराजका प्रमुख अधिकृतहरुको मिलोमतो रहेको देखिन्छ ।
दोहोरो नागरिकताको मुद्यामा रहेका रुगटा परिवार जग्गा विक्रि गर्न मालपोत कार्यालयले विरह परिवर्तनका लागि मालपोत कार्यालयमा दिएको निवेदन उपर मालपोतले नापी कार्यालय संग राय माँग गरेको दिन नै मालपोत कार्यालयले ऐन विपरित आर्थिक चलखेलमा विरह परिवर्तन गरि जग्गा विक्रि गर्न आधार वनाएको देखिन्छ ।
मालपोत कार्यालय सप्तरीका तत्कालिन निमित्त प्रमुख राम नारायण शर्माले नापी कार्यालयसंग माँग गरेको राय नापी प्रमुख सत्रुघन यादवले मिति २०७९/१२/३० मा दिएको पत्र सोही दिन मालपोत कार्यालय प्रमुख शर्माले विरह परिवर्तन गरि रुगटा परिवारको नाउँमा रहेको अन्दाजी ८ विगहा विक्रि गर्न सहमति दिएको देखिन्छ ।
यता रुगटा परिवार वर्षौ देखि भारतमा वसोवास गरिरहेकाले जग्गा विक्रि गर्न सप्तरी लगायत विभिन्न ठाउँका व्याक्ति र गिरोहले कित्ता काट गरि धमाधम जग्गा विक्रि गरिरहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |