राजविराज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले सेवाग्राहीको काम छिटोछरितो गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन ।
मंगलबार जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत र नापी कार्यालय राजविराजमा छड्के अनुगमन गर्नेक्रममा सो कुरा बताइन ।
टोलीसहित विभिन्न फाँटमा अनुगमनपछि मन्त्री अनितादेवीले मालपोत प्रमुख केशव झालाई छिटो छरितो सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका थिइन ।
उनले कुनै पनि बहानामा सेवा प्रवाहमा ढिलासुस्ती हुनु भएन, कागजात पुगेको छैन् भने कुनकुन कागजात पुगेको छैन्, स्पष्ट रुपमा टिपोट गरेर दिनुस् र नहुने काम हो भन्ने लिखित रुपमा दिनुस्’ मन्त्री अनिता देवीले भनिन्, ‘अनाहकमा सेवाग्राहीलाई दुःख दिनुभएन । उनले सेवाग्राहीको चापअनुसार काममा तत्परता देखाउन पनि कर्मचारीलाई निर्देशन दिइन ।
टोलीमा मधेश प्रदेशका सांसदद्वय सतिशकुमार सिंह र मो.सकिल, मन्त्रालयका सह–सचिव कमल भट्टराई, हनुमाननगर कंकलिनी नगरपालिकाका नगर प्रमुख बीरेन्द्र माझी, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतको सहभागी रहेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |