राजविराज । राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङलाई थप चार दिन काम काजमा अवरोध नगर्न अन्तरिम आदेश जारी भएका छन् ।
गत माघ २२ गतेको मिति उल्लेख रहेको पत्रमा फाल्गुन १ गते देखि लागू हुने गरि प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय फिर्ता पठाउने निर्णय विरुद्धमा उच्च अदालत जनकपुर राजविराज इजलासमा परेको रिट उपर माघ २ गते भएको निर्णयलाई यथावत राख्न निर्णय गरेका छन् ।
फिर्ता पठाउने निर्णय विरुद्ध उच्च अदालत जनकपुर राजविराज इजलासमा मंगलबार गुरुङले उत्प्रेषणको रिट दायर गरेका हुन् । उक्त निवेदन उपर उच्च अदालतले विपक्षीमा नाउँमा फाल्गुन ६ गते सम्पूर्ण कागजात सहित उपस्थिति हुन आदेश जारी भएका थिए ।
सोही अनुसार गुरुङले दिएको विपक्षी कार्यवाहक नगर प्रमुख ईसरत प्रविनको तर्फबाट अधिवक्ताहरू सुरेन्द्र प्रसाद यादव, नवराज क्षेत्री, शिव कुमार चौधरी, रमेश बहादुर थापा, मो. समिन अख्तर अलि, हेम नारायण चौधरी, सुरेन्द्र प्रसाद यादव, बालकिशोर यादव, श्याम नारायण साह, हरेराम यादव,राम प्रसाद चौधरी, रमानन्द साह,भरत यादव,पुण्य प्रसाद यादव,धर्मैन्द्र प्रसाद यादव र उमा शंकर देवले गरेको बहस उपर न्यायाधीश अर्जुन अधिकारी र कृष्ण प्रसाद सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश छलफल प्रयोजनको लागि फाल्गुन १० गते सम्मलाई अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आदेश जारी गरेका छन् ।
कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा २०८० माघ १९ गते बसेको कार्यपालिका सदस्यहरूको बैठकले फिर्ता पठाउने निर्णय भएको गुरुङको नाउँमा नगरपालिकाले लेखेको पत्रमा उल्लेख छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |