राजबिराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले नयाँ सदस्यताका लागि परीक्षा विधि अपनाउने भएको छ ।
मंगलबार बसेको बैठकले नयाँ सदस्यताका लागि परीक्षा विधि अपनाउने निर्णय गरेको छ ।
महासंघले पहिलो निर्णयमा प्रेस मञ्च सप्तरीले बुझाएको ज्ञापनपत्रलाई सम्बोधन गर्दै नयाँ सदस्यताका लागि परीक्षा विधि कार्यान्वयन गर्ने निर्णय गरेको जनाएको छ।
जसमा परीक्षा मिति २०८० चैत २६ गतेलाई तोकेको छ । निवेदन दिएकाहरुलाई सम्पर्क गर्न फागुन २९ गते अपरान्ह १२:३० देखि ४ बजेसम्मको समय तोकिएको छ ।
त्यस्तै दोस्रो महासंघमा प्राप्त भएको सदस्यता शुद्धीकरण विषयको ज्ञापन सम्बन्धमा वार्ता संवाद मार्फत सम्बोधनको प्रयास गर्ने निर्णय गरिएको छ ।
तेस्रो कानुन विपरीत गलत क्रियाकलापमा संलग्न रहेका सदस्यहरुमाथि विधान बमोजिम कारबाही गरिने निर्णय समेत बैठले गरिएको महासंघ सप्तरी शाखाले जनाएको छ ।
चौथौ निर्णय पित्तथैलीको शल्यक्रिया गरेका शाखा उपाध्यक्ष वैद्यनाथ यादवको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |