राजबिराज । सप्तरीको राजबिराज नगरपालिकामा दादुरा रुबेला विरुद्ध खोपबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
बिहीवार राजबिराज नगरपालिका कावा नगर प्रमख ईसरत परविनको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख परविनले माइकिङ्ग, पालिका भरी हाते पम्पलेट, स्वयंमसेबिकाहरुलाई खटाएर व्यापक प्रचार-प्रसार गर्न निर्देशन दिईन ।अभियानमा हरेक बस्तीका बालबालिकाहरु खोपबाट बन्चित हुन नदिने उनले बताइन । वडा ९ मा बढी बालबालिकाहरू भएकोले थप दुईवटा केन्द्र राखेर खोप लगाउने बताइन ।
फागुन २७ गतेदेखि चैत ५ गतेसम्म संचालन हुने खोप अभियानमा ९ महिना माथी देखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइने भएको छ । नगरको १६ वटै वडामा १८ हजार बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ संयोजक निरन्जन यादबले जानकारी दिए । कार्यक्रममा संयोजक यादबले दादुरा रूवेला अभियानको उद्देश्य बारेमा प्रकाश पारेका थिए।
उक्त अवसरमा राजबिराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद गुरूगं, राजबिराज नगरपालिका स्वास्थ शाखा प्रमुख निरन्जन यादब, राजबिराज वडा १ का अध्यक्ष चन्द्रशेखर चौधरी, वडा ४ का अध्यक्ष दिनेश साह, वडा १२ का अध्यक्ष रामचन्द्र यादब, वडा ९ का अध्यक्ष जवाहिर यादब, राजबिराज वडा १० का अध्यक्ष गंगाराम खंग, राजबिराज १३ का अध्यक्ष त्रिलोकीनाथ चौधरी, वडा १५ का ओम नारायण साह, कार्यपालिका सदस्य ललिता कर्ण, सोनी रजक, मंजु रजक लागायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन नगरका स्वास्थ्य सह(संयोजक हरिबंश यादवले गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |